January 23, 2025, Thursday
२०८१ माघ १०

नेपाल भित्रिने विदेशीको सङ्ख्या घट्यो

कोभिड–१९  सङ्क्रमणका  कारण जारी निषेधाज्ञाले उडानसमेत प्रतिबन्ध हुँदा नेपाल भित्रने विदेशीको सङ्ख्या घटेको छ । अध्यागमन विभागका अनुसार जुनमा नेपाल भित्रिनेको  सङ्ख्या  एक  हजार  १४३  मात्र  रहेको  छ ।

अघिल्लो मेमा  नेपाल  भित्रिने  सङ्ख्या  एक  हजार  ४६८  थियो ।  त्यसअघि प्रतिबन्धको  अवस्था नहुँदा  मार्चमा  भने  करिब  १५  हजार  विदेशी नेपाल भित्रिएका थिए । 

Advertisement

अध्यागमनले सार्वजनिक  गरेको यो तथ्याङ्क त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट मात्र नेपाल प्रवेश गर्ने विदेशीको सङ्ख्या हो । कोभिडको दोस्रो लहरपछि सरकारले स्थल मार्गबाट विदेशीलाई नेपाल प्रवेश निषेध गर्दै आएको छ । 

जुनमा नेपाल भित्रिनेमा सबैभन्दा धेरै भारतीय छन् । विभागका  अनुसार  उक्त महिना ३५९ जना भारतीय  नेपाल प्रवेश गरेका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट २६६ जना प्रवेश गरेको  तथ्याङ्क  छ ।  

बेलायतबाट  ५७ जना, चीनबाट ३८ जना नेपाल आएको विभागले जनाएको छ  । त्यसपछि दक्षिण कोरियाबाट ३२ जना नेपाल आएका छन् । नेपाल भित्रिनेमा विशेष गरी विदेशी कूटनीतिक नियोगका कर्मचारी, प्रतिनिधि तथा विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनका कर्मचारी तथा प्रतिनिधि रहेका छन् । 
 
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।