मिर्गौला, मुटु र क्यान्सर उपचार सहयोगमा दुई वर्षमा दोब्बर खर्च


भैरहवा– मिर्गौलाको प्रत्यारोपण, मुटुको भल्भ परिवर्तन र क्यान्सर उपचारका लागि लुम्बिनी प्रदेश सरकारले जनही २ लाख रुपैयाँका दरले विरामीलाई दिँदै आएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराउने गरेको यस्तो उपचार सहयोग खर्चमा बिगत दुई बर्षको अवधिमा दोब्बर खर्च भएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले हाल लुम्बिनी प्रदेशमा यस खालको उपचार सहयोगका कारण ठूलो आर्थिक भार परेको बताउँछन् । पछिल्लो समयमा नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।
क्यान्सर, मुटु तथा मृगौला बिरामीको संख्या अत्याधिक बढ्दै गएको छ । प्रदेश सरकारले यस खालको नसर्ने रोगको उपचारमा अनुदान सहयोग गर्दै आएको छ । मन्त्रालयका अनुसार २०७९–८० मा २ सय २४ जना क्यान्सर, मुटु तथा मृगौला रोग बिरामीलाई जनही २ लाख रुपैयाँका दरले उपचार सहयोग उपलब्ध गराइएको थियो । यसबाट ९ करोड १८ लाख रुपैयाँको व्ययभार प्रदेश सरकारलाई परेको थियो ।
आव २०८१–०८२ मा आइपुग्दा ३ हजार ८ सय ५१ जनालाई उपचार खर्चवापत सहयोग गरिएको छ । यसवापत १९ करोड रुपैयाँ उपचार सहयोगमा खर्च भएको छ ।








प्रतिकृया दिनुहोस्