May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

पाँच वर्षमा शल्यक्रियालाई गाउँगाउँमा पुर्याउने सरकारको योजना

Advertisement

भैरहवा– शल्यक्रिया सेवालाई बिस्तार गरि गाउँगाउँमा पुर्याउने गरि प्रत्येक २ लाख जनसंख्याका लागि एउटा शल्यक्रिया संञ्चालन गर्ने तयारी सरकारले गरेको छ । सामान्य किसिमका शल्यक्रियाका लागि पनि केन्द्रीय र प्रादेशिक अस्पतालहरुमा बिरामीको बढी भीड हृुन थालेपछि त्यसको भार कम गर्न सरकारले देशव्यापी रुपमा यो योजना संचालनको तयारी गरेको हो ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले पाँच वर्षभित्र देशव्यापी रूपमा सर्जरी केन्द्र स्थापना गरि संचालनमा ल्याइने बताएका छन् ।

उनका अनुसार सन् २०१५ को विश्व स्वास्थ्य संगठनको महासभा बैठकमा सन् २०३० सम्ममा नेपालले यस खालको शल्यक्रिया सेव कार्यान्वयनमा ल्याइ उपलब्ध गराउने भनि प्रतिबद्धतामा हस्ताक्षर गरिसकेको छ । उक्त प्रतिबद्धता अनुरुप त्यसलाई कार्यान्वयमा ल्याउने तयारी सरकारले गरेको हो ।

यस खालको शल्यक्रिया सुत्केरी गराउने, बाहिरबाट देखिने भाँचिएको हड्डी जोड्ने र एपेन्डिसाइटिस तथा हर्निया जस्ता पेट चिरेर गरिने शल्यक्रिया हुन् । ‘अबको पाँच वर्षभित्र देशव्यापी रूपमा सर्जरी केन्द्र स्थापना गर्नैपर्ने हुन्छ’, शर्माले भने, ‘सर्जरी सेवा सहर केन्द्रित नभइ ग्रामीण क्षेत्रमा पनि विस्तार गर्नु पर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।’

स्वास्थ्य बिमा कार्यक्रम सुरु भएपछि ५० तथा १ सय शय्याका जिल्ला अस्पतालमा समेत बिरामीको भीड बढेको भनाइ स्वास्थ्य मन्त्रालयको छ । शल्यक्रिया सेवालाई ग्रामीण क्षेत्रमा बिस्तार गर्ने यो योजनाका लागि एनेस्थेसिया कार्ययोजना बन्ने र पाँच वर्षभित्र त्यसको कार्यान्वयन गरिने जानकारी मन्त्रालयले दिएको छ ।

यस खालको शल्यक्रिया सेवाका लागि लागि कस्तो नीति बनाउने, यस्ता सुविधा कहाँ कहाँ राख्ने ? भन्ने विषयमा नीतिगत मस्यौदा तयार भइरहेको शर्माले जनाएका छन् । स्वास्थ्य सचिव डा.विकास देवकोटाले नेपालमा सर्जिकल सेवा विस्तार गर्ने सरकारको लक्ष्य पाँच वर्षभित्र पूरा हुने बताएका छन् ।

सर्जिकल सेवा कस्तो हुने ? सर्जिकलका लागि आवश्यक उपकरण, जनशक्तिलगायतका विषयमा छलफल गरेर १५ शय्या भएका अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको देवकोटाको भनाइ छ ।