May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

संजय साई सेवा समूहद्वारा क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग

Advertisement

भैरहवा– श्री संजय साई सेवा समूह, भैरहवाले ब्रेस्ट क्यान्सर पीडित भैरहवाकी एक महिलालाई आर्थिक सहयोग गरेको छ । सेवा समूहले भैरहवामा आयोजित एक कार्यक्रममा क्यान्सर पीडित लक्ष्मी थापालाई आर्थिक सहयोग गरेको हो ।

Advertisement

लक्ष्मी सिद्धार्थनगर–८ निवासी हुन् । उनी लामो समयदेखि ब्रेस्ट क्यान्सरसँग लड्दै आएकी छन् । लक्ष्मीको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा थोरै भए पनि सहजता होस् भन्ने हेतुले आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष राजेन्द्र थापाले बताए ।

आर्थिक अस्वथा निकै न्युन भएकी उनलाई सेवा समूहले ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको हो । सेवा समूहका अध्यक्ष राजेन्द्र थापा, क्यान्सर सपोर्ट समूहका केन्द्रीय अध्यक्ष दीलिप भट्टराई, संस्थाका महासचिव कुमार केसी, कार्यक्रम संयोजक भरत केसीले क्यान्सर पीडित थापालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

‘हामी सधैं मानवीय सेवामा समर्पित हुँदै आएका छौं’, सेवा समूहका अध्यक्ष थापाले भने, ‘संस्थागत रुपमा जहाँ समस्या हुन्छ, त्यहाँ केही न केही सहयोग गर्दै आइरहेका छौं । जसले गर्दा विरामीहरुलाई उपचारमा थोरै भए पनि राहत पुगेको महसुस गरेका छौं ।’ उनले क्यान्सर उपचार महंगो भएकाले सहयोगी दाताहरुलाई विरामीलाई सहयोग गर्न आह्वान समेत गरे । आर्थिक सहयोग पाएपछि लक्ष्मीले संस्थाको सहयोगले आफूलाई थोरै भए पनि हौसला मिलेको जनाइन् ।