August 6, 2026, Thursday
२०८३ श्रावण २१ बिहीबार

गोली लागेको अवस्थामा अमेरिकामा दुई बालबालिकासहित ४ नेपाली मृत भेटिए

Advertisement

अमेरिकाको भर्जिनियास्थित मनाससको एक घरमा गोली लागेर मृत्यु भएको अवस्थामा चार नेपालीको शव भेटिएको त्यहाँको प्रहरीले जनाएको छ।

Advertisement

मनाससपार्क प्रहरीका अनुसार एक घरको भुँइ तलामा बस्ने नेपाली परिवारका चारजना मृत अवस्थामा फेला परेको जनाएको छ। स्थानीय समय अनुसार बिहीबार राति १०:४० बजे घरधनीले प्रहरीलाई खबर गरेर आफ्नो घरको भुँइतलामा बस्ने ब्यक्तिहरुको अवस्था बुझ्न अनुरोध गरेका थिए।

त्यसपछि घटनास्थल पुग्दा प्रहरीले चार जनालाई मृत अवस्थामा फेला पारेको जनाएको छ। मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेका प्रहरीले विज्ञप्तिमा जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा सबैको मृत्यु गोली लागेर भएको प्रहरीले जनाएको छ। प्रहरीले यो घटनालाई आत्महत्या हो या हत्या हो भनेर अनुसन्धान गरिरहेको जनाएको छ। घटनास्थलमा प्रहरीले एक बन्दुक पनि फेला पारेको जनाएको छ।

अनुसन्धान जारी रहेको प्रहरीले विज्ञप्तिमा जनाएको छ।