April 22, 2025, Tuesday
२०८२ बैशाख ९

प्रधानमन्त्री ओलीद्वारा अर्घाखाँचीमा महर्षि पाणिनि मन्दिरको शिलान्यास

अर्घाखाँची– प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिका–१ स्थित पाणिनि तपोभूमिमा निर्माण हुन लागेको महर्षि पाणिनि मन्दिरको शिलान्यास गरेका छन् । बुधबार यहाँ आयोजित एक समारोहमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय, रुपन्देहीको लगानीमा निर्माण हुन थालेको मन्दिरको शिलान्यास गरेका हुन् ।

यहाँ २७ लाख ४५ हजार ७ सय २६ रुपैयाँ १५ पैसाको लागतमा मन्दिर निर्माण सुरु भएको हो । पाणिनिलाई संस्कृत व्याकरणका पिता मानिँदै आएको छ । र, यस स्थललाई ध्यानभूमि, ज्ञानभूमि तथा देवभूमिका रूपमा प्रचारप्रसार गर्दै धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यलय मन्दिर समयमै निर्माण सक्न निर्देशन दिएका छन् ।