May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

सरस्वती पुजाको अवसरमा विद्यालयलाई पुस्तक

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सरस्वती पूजाको अवसरमा बुटवलभित्रका विद्यालयहरुलाई पुस्तक उपहार दिएको छ । उपमहानगरपालिकाको ६५औं स्थापना दिवसमा आयोजित लोकनृत्य प्रतियोगिताकै अवसरमा नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले नेपाल–अंग्रेज युद्धसम्बन्धि निर्मल श्रेष्ठले लेखेको पुस्तक उपहार दिएका हुन् ।

बुटवलभित्रका सबै विद्यालयहरुलाई बुटवलको इतिहास र यसक्षेत्रका विषयहरुमाथि लेखेका पुस्तक विद्यालयहरुमा पुर्याउने उद्देश्यले पहिलो चरणमा इतिहाससम्बन्धि पुस्तक प्रदान गरिएको नगर प्रमुख पाण्डेयले बताए ।

विद्यालयहरुमा पूस्तकालय स्थापना तथा पाठ्यक्रमभन्दा बाहिरको ज्ञान समेत विद्यार्थीलाई अध्ययनमा रुचि बढाउन पुस्तक वितरण गर्ने उनले बताए । उनले बुधबार २२ वटा विद्यालयलाई पुस्तक दिइएको र बाँकीलाई अरु पुस्तक समेत थप गरी प्रदान गरिने बताए ।

Advertisement