May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

चैत दुई गतेदेखि सिद्धार्थनगरमा कक्षा आठको वार्षिक परीक्षा

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरपालिका स्तरीय कक्षा ८ (आभारभूत तह) को वार्षिक परीक्षाको मिति, समय र तालिका सार्वजनिक गरेको छ ।

Advertisement

आगामी चैत २ गतेदेखि चैत ९ गतेसम्म परीक्षा संचालन हुने गरी बुधवार नगरपालिकाले परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा अवधिमा कुनै आकस्मिक विदा भएको अवस्थामा पूर्वसूचना विना दिइने र अन्यथा कुनै पनि विषयकाे परीक्षा स्थगित नहुने सिद्धार्थनगर नगरपलिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत जनाह्वी पाण्डेले बताइन् ।

Advertisement

नगरपालिकाको १२ सामुदायिक, २७ संस्थागत र एक धार्मिक गरी कुल ४० वटा विद्यालयमा परीक्षा संचालन हुने नगरपलिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए । उनका अनुसार परीक्षामा कुल एक हजार ८ सय ९४ विधार्थी सहभागी हुनेछन् । जसमध्ये सामुदायिकबाट ६ सय ९१ र संस्थागतबाट एक हजार दुई सय तीन जना विधार्थी छन् ।

विद्यालयहरुमा विहान साढे १० बजेदेखि परीक्षा संचालन हुने नगरपलिकाले जनाएको छ । समय, तालिका सार्वजनिक पछि परीक्षा संचालनका लागि अन्य तयारीहरु पनि भइरहेको जनाइएको छ । साधारण तर्फ चैत २ गते शुक्रवार अंग्रेजी, चैत ४ गते गणित, ५ गते नेपाली, ६ गते विज्ञान तथा प्रविधि, ७ गते समाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, ८ गते स्वास्थ्य तथा शारीरिक शिक्षा र ९ गते (स्थानीय विषय) हाम्रो सिद्धार्थनगर-मातृ भाषा-संस्कृत भाषा विषयको परीक्षा संचालन हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।

यस्ताे छ परीक्षाको समय तालिका