May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

लमहीका विद्यालयमा चार दिन जाडो विदा

दाङ– जाडो बढेको भन्दै दाङको लमही नगरपालिकाले विद्यालयमा विदा दिएको छ । नगरपालिकाभित्रका विद्यालयको पठनपाठन चार दिनका लागि बन्द गर्ने निर्णय पालिकाले गरेको हो ।

नगर कार्यपालिकाको आकस्मिक बैठक बसेर माघ ९ गतेदेखि १२ गतेसम्म चिसो मौसमका कारण जनजीवन कस्टकर हुँदै गइरहेको अवस्थालाई मध्यनजर गर्दै चार दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको सूचना सार्वजनिक गरिएको छ । जिल्लाका दश स्थानीय तहमध्ये लमही नगरपालिकाले मात्रै जाडो विदा दिएको हो ।

Advertisement