May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

बुटवलका विद्यालयमा आजदेखि तीन दिन जाडो बिदा

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पालिका भित्रका विद्यालयहरूमा ३ दिन जाडो बिदा दिएको छ । जाडो बढ्दै गएपछि उपमहानगरपालिकाले माघ ७ (आज) देखि ९ गतेसम्मका लागि ३ दिन जाडो बिदा दिएको जनाएको छ ।

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले एक सूचना जारी गरी उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने बताएका छन्।

उपमहानगरपालिकाको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । जाडोका कारण बुटवलको जनजीवन प्रभावित भएको छ । उपमहानगरले सामुदायिक, धार्मिक, निजी तथा संस्थागत विद्यालयमा विदा दिएको हो । चिसो बालबालिका निकै प्रभावित भएको भन्दै पछिल्लो समय अभिभावकले समेत गुनासो गरिरहेका थिए ।

Advertisement