पत्रकार केसीलाई शिक्षा पुरस्कार, विद्यार्थीलाई छात्रावृत्ति


भैरहवा– भास्करानन्द माया शर्मा अक्षकोषले भैरहवामा छात्रावृत्ति वितरण गरेको छ । विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरिएको हो । शनिबार भैरहवामा आयोजित कार्यक्रममा नगर क्षेत्रमा रहेका दर्जन सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रावृत्तिवापत नगद रकम प्रदान गरिएको संस्थाले जनाएको छ । उक्त अक्षयकोष शिक्षाविद् विएन शर्माले स्थापना गरेका हुन् । उनले संस्थामार्फत् विगत सात वर्षदेखि उक्त छात्रावृत्ति वितरण गर्दै आएका छन् ।
यस्तै, उक्त संस्थाले स्थापना गरेको भास्करानन्द माया शर्मा शिक्षा पत्रकारिता पुरस्कार–२०८० समता टेलिभिजनका सम्पादक नरेश केसीलाई प्रदान गरिएको छ । एक दशक लामो समयदेखि पत्रकारिता गर्दै आएका केसीलाई नगद १० हजार, सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गरिएको हो । अक्षयकोषका संस्थापक शिक्षाविद शर्मा, संस्थाका पदाधिकारी एवं सदस्यहरुले पत्रकार केसीलाई पुरस्कार प्रदान गरेका हुन् ।
शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरु मध्येबाट लुम्बिनी प्रेस क्लबको सिफारिशमा उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको छ । सामुदायिक विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरु र पत्रकारलाई छात्रवृत्ति प्रदान गर्दै आएको भास्करानन्द माया शर्मा अक्षयकोष शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै धेरै राशी भएको ठुलो अक्षय कोष मानिन्छ । छात्रावृत्ति गरिब तथा विपन्न परिवारका विद्यार्थी, जेहेन्दार र सामुदायिक विद्यालयमा उत्कृष्ट हुनेलाई प्रदान गरिँदै आएको छ ।

कार्यक्रममा बोल्ने वक्ताले अक्षयकोषमार्फत् छात्रावृत्ति पाउँदा विद्यार्थीहरुलाई अध्ययनमा टेवा पुगेको जनाए । उनीहरुले शिक्षा क्षेत्रमा गरेको लगानी खेर नजाने जनाउँदै अक्षयकोषले विद्यार्थीहरुलाई थप हौसला मिलेको उल्लेख गरे । अक्षयकोषका संस्थापक शर्माले विद्यार्थीलाई छात्रावृत्ति र पत्रकारलाई सम्मान गर्न पाउँदा हर्षित भएको सुनाए । उनले आफ्नो जीवनको सबैभन्दा ठुलो खुसी अक्षयकोष स्थापना र त्यसबाट हरेक वर्ष विद्यार्थीलाई वितरण गर्न पाउनु रहेको जनाए ।
प्रतिकृया दिनुहोस्