May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

सिथि नख पर्व मनाए नेवार समुदायले

नेवार समुदायले बिहीबार सिथि नख पर्व मनाएका छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी कुमार देवताको पूजा गर्ने चलन छ। ग्रीष्म ऋतुमा मनाइने सिथि नख पर्वमा कुमार देवतालगायतका सबै देवीदेवताको समेत पूजा गरिएको छ।

Advertisement

सिथि नखका दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन्।

बर्सातको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोत वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो।

साथै हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नखका दिन पानीको मूलको सफाइ गर्ने गरिएको स्थानीयले बताएका छन्।

यो पर्वसँगै वर्षा सुरु हुने र ‘किसानको वर्ष’को महत्त्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँं) सुरू हुने भएकाले यस चाडलाई अन्तिम चाडको रूपमा मनाइने गरिएको हो।

भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदाय कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ।

यसवर्ष घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी ९भुटेको गहुँको पिठोमा चिनी मिसाएर मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी० समेत खाने गरिन्छ।

साथै, चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन रहँदै आएको छ।