May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

शिवालय मन्दिरको अधिवेशन

बुटवल– बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित धार्मिक ऐतिहासिक शिवालय मन्दिर ब्यवस्थापन समितिको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार एक समारोहका बिच कार्यक्रमको उद्घाटन गर्दै वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले सनातम हिन्दु धर्मले समाजलाई सहि बाटोमा डोर्याउन मद्यत मिलेको बताए ।

मन्दिरको इतिहास स्मरण गर्दै उनले मन्दिरको गरिमा बढाउने गरि समिति लाग्नुपर्ने सुझाव दिए । विगतमा पाच दिनसम्म मेला लाग्ने यो ऐतिहासिक धार्मिक मन्दिरको आस्थालाई कायम गराउने गरि गुरुयोजना बनाएर लागनुपर्ने बताए ।

समितिका अध्यक्ष रुद्र भण्डारीले मन्दिर ब्यवस्थापनमा सबैको साथ जरुरी रहेको बताए । यसैगरि मन्दिर ब्यवस्थापनका लागि अक्षयकोष स्थापना गरिएको छ । जसमा मोतिलाल जैसी, डम्वर तिवारी, रुद्र भण्डारी, चन्द्रप्रकाश जैसी पौडेल, अजित श्रेष्ठले ५१ हजार रुपैयाँ अक्षयकोषमा सहयोग गरेका छन् ।

Advertisement