May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

हज यात्राका लागि निवेदन खुला

सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला गरेको छ।

Advertisement

गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ ।

Advertisement

हज यात्राका लागि पहिलो किस्तावापतको २ लाख २५ हजार रुपैयाँ आफ्नो स्थायी ठेगना रहेको जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ।

निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको फोटोकपी, रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड र बैंक खाताको चेकको फोटोकपी आगामी चैत ४ गतेसम्म पेस गर्नुपर्नेछ।

नेपालबाट १२०० जना इस्लाम धर्मावलम्वीले हज गर्न सक्ने गरी साउदी अरब सरकारले कोटा छुट्टाएको छ। सोही अनुसार प्रक्रिया पुर्‍याएर निवेदन दिएका १२०० जनाले हज यात्रा गर्न पाउनेछन् ।