March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब

नेपाल-भारत सीमाक्षेत्रबाट पाकिस्तानीरचिनियाँ नागरिक भारत प्रवेश गरेको भन्दै रोक लगाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालसँग आग्रह गरेको छ। पाँचदिने नेपाल भ्रमणमा रहेका एसएसबीका महानिर्देशक सुजोयलाल थाउसेनले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालसँगको औपचारिक भेटमा यस्तो आग्रह गरेका हुन् ।

Advertisement

‘पाकिस्तान र चीनका नागरिक नेपाल-भारत सीमा क्षेत्रमा अवैध गतिविधि गरी भारततर्फ पस्ने गरेका छन् । उनीहरूलाई भारत छिर्न नदिन सशस्त्र प्रहरी बलको भूमिका हुनुपर्छ,’ एसएसबीका महानिर्देशक थाउसेनलाई उद्धृत गर्दै भेटमा सहभागी सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले भने।

Advertisement

नेपाल-भारत सीमा सुरक्षा, व्यवस्थापन र समन्वय बैठकमा पनि एसएसबीका महानिर्देशक थाउसेनले नेपालले तेस्रो मुलुकका नागरिकलाई भारत प्रवेश र उनीहरूका अवैध गतिविधिमा रोक लगाउनुपर्ने प्रस्ताव गरेका थिए। जवाफमा सशस्त्र प्रहरी बलका महानिरीक्षक अर्यालले नेपाली भूमिबाट भारतविरोधी गतिविधि नभएको र तेस्रो मुलुकका मानिस भारततर्फ पनि नपसेको बताएका थिए।

‘तर भारतीय पक्ष नेपालको भनाइमा सहमत भएको देखिएन, तेस्रो मुलुकका नागरिक नेपालबाट भारततर्फ पसेको देखिएकाले जसरी पनि रोक्नुपर्यो भन्ने आग्रह भयो’, सशस्त्र प्रहरी बलका ती अधिकारीले भने। यो समाचारनागरिक दैनिकमा छ ।