September 30, 2022, Friday
१४ आश्विन २०७९, शुक्रबार

लोक नृत्यमा विजेता विद्यार्थीलाई सम्मान

बुटवल– प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा दोस्रो भएका विद्यार्थी टोलीलाई सम्मान गरिएको छ । प्याब्सन लुम्बिनी प्रदेशद्वारा आयोजित प्रतियोगितामा दोस्रो भएका विद्यार्थीहरुलाई सुनवल युनाइटेड इङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कुलले सम्मान गरेको हो ।

Advertisement

भदौ १० गते कपिलवस्तुमा आयोजित प्रदेशस्तरीय प्रथम अन्तर विद्यालय राष्ट्रिय लोक नृत्य प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल नृत्य समूहका १२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो । प्याब्सन नवलपरासीका सदस्य विद्यालयहरुको प्रतिनिधित्व गर्दै सुनवल युनाइटेड सेकेण्डरी स्कुलले प्रदेशस्तरको प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको विद्यालयका प्रिन्सिपल धनराज चापागाईंले बताए ।

युनाइटेड बाल क्लब अध्यक्ष कृपा घिमिरेको सभापतित्व, प्रिन्सिपल चापागाईंको प्रमुख आतित्थ्याता र मिसन पंगेनीको संचालनमा भएको कार्यक्रममा नृत्य प्रतियोगितामा सफल विद्यार्थीहरु सिमरन राना, आकांक्षा सुनाम, पूर्णिमा आले, खुशी आले, कन्चन थापा, लेबिसा सेन, नन्दिता रोका, बिनिता सारु, बिविका बराल, प्राप्ति सुनार, स्मृति कार्की र प्राप्ति राना सम्मानित भएका थिए ।

विद्यार्थीहरुको विभिन्न क्षमतालाई प्रस्फुटन गराउन विद्यालयले अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेर बेलाबखत प्रशिक्षण गराइरहेको विद्यालयले जनाएको छ ।