April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

एसईईमा ३.२० जीपीए ल्याउने विद्यार्थीलाई रेसुङ्गाले मासिक ४ हजार दिने

गुल्मी– माध्यामिक शिक्षा परीक्षा (एसईई)मा ३.२० जीपीए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरुलाई यहाँको रेसुङ्गा नगरपालिकाले मासिक चार हजार रुपैयाँ दिने भएको छ ।

Advertisement

शौक्षिक पलायन, बसाइँसराइ जस्ता प्रमुख समस्याहरुलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याइएको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताए । ‘अध्ययन प्रोत्साहनका लागि नगरपालिकाभित्रै पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत नगरपालिकाले सहयोग घोषणा गरेको हो’, उनले भने ।

Advertisement

यस कार्यक्रमले यहाँका नगरिकहरुले आफ्ना छोराछोरीहरुको भविष्य सुनिचित गर्न सहयोग पुग्ने अपेक्षा नगरपालिकाको रहेको छ । उनले नगरपालिकाभित्र शौक्षिक गुणस्तर वृद्धि गर्न यस्तो कार्यक्रम आबश्यक रहेको उल्लेख गरे ।

नेपालको जुनसुकै विद्यालयमा अध्ययन गरी (एसईई) ०७८ को नतिजामा ३.२० देखि माथि जि.पि.ए ल्याएका विद्यार्थीलाई नगरपालिकाले अध्ययन प्रोत्साहन छात्रवृत्ति उपलध्ध गराउने रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । आगमी शौक्षिक सत्रदेखि निरन्तर यो अभियान जारी रहने उल्लेख गरिएको छ ।

तोकिएको अंक ल्याएका विद्यार्थीहरु रेसुङ्गा नगरपालिका अन्र्तगतका विद्यालयमा अध्ययन गरेका र नगरपालिकाको स्थायी ठेगाना भएको हुनुपर्नेछ । रेसुङ्गा नगरपालिका भित्र ०७८ को माध्यामिक शिक्षा परीक्षाको (एसईई) मा विभिन्न विद्यालयमा अध्ययन गरी ३.२० जीपीए ल्याउने विद्यार्थी संख्या हालसम्म १४६ रहेको छ ।