December 5, 2024, Thursday
२०८१ मंसिर २०

यम बुद्धकाे शालिक निर्माण गर्ने निर्णय स्वागतयाेग्य: पाैडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेलले यम बुद्धकाे शालिक निर्माण गर्ने काठमाडाैँ महानगरपालिकाकाे निर्णय स्वागतयाेग्य भएकाे बताएका छन्।

पूर्वअर्थमन्त्रीसमेत रहेका पाैडेलले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्।

Advertisement

संघीय लोकतान्त्रिक गणतन्त्र आआफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली भएकाे उनकाे भनाइ छ।

उनले ट्विटरमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आआफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो। तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ।’

काठमाडाैँ महानगरपालिकाले यम बुद्धकाे शालिक बनाउने निर्णय गरेपछि मेयर बालेनकाे चाैतर्फी आलाेचना भएकाे थियाे। आलाेचनापश्चात् उनले आफ्नाे तलबबाट शालिक बनाउने बताएका थिए।