May 19, 2022, Thursday
५ जेष्ठ २०७९, बिहीबार

‘धर्म र आस्थाको आधारमा समाज विभाजित हुनुहुँदैन’

भैरहवा– गृहमन्त्री बालकृष्ण खाँण र सिद्धार्थनगर नगरपालिकामा गठबन्धनका तर्फबाट काँग्रेसका मेयरका उम्मेदवार इस्तियाक अहमद खान, माओबादी केन्द्रको तर्फबाट उपमेयरका उम्मेदवार कमला थापा लगायतले शनिवार भैरहवाको नारायणस्थान मन्दिरमा बैदिक पराम्परा अनुसार पुजाअर्चना गरेका छन् ।

Advertisement

उनीहरुले बैदिक परम्परा अनुसार पुजा गर्दै विश्व शान्ति, देस तथा नगरबासीको सुख, समृद्धिको कामना गरेका हुन् । गृहमन्त्री खाँणले देस बिकासका लागि सवै जातजाति, धर्म, संस्कृति भन्दा माथि उठेर लाग्नुु पर्ने बताए । उनले सवै जातजाति, धर्म, संस्कृतिको आफ्नै बिषेश खालको परम्परा रहेको भन्दै सवै धर्मालम्वीहरुले एकलेअर्कालाई सम्मान गर्नुुपर्ने बताए ।

‘धर्म, जातजाति, क्षेत्रीयता, लैंगिकता, भाषाका आधारमा कसैले राजनीति वा समाजलाई बिभाजन गर्न खोज्छ भन्ने त्यसले सीमित ब्यक्तिलाई फाइदा पुर्याए पनि आमनागरिकलाई भने बेफाइदा पुुर्याउँछ’, उनले भने । यस्ता क्रियाकलाप समाजिक र कानूनी रुपमा समेत बर्जित रहेको उनले बताए । यदि कसैले समाज र कानुुन बिपरीतका यस्ता गतिविधि गर्छ भने आमनागरिक पनि बेलैमा सचेत हुनुुपर्नेमा खाँणले जोड दिए ।

मेयर पदका उम्मेदवार खानले सबै धर्म, जातजातिप्रति आफ्नो उच्च सम्मान रहेको बताए । उनले जातजाति, धर्म, संस्कृतिको आधारमा समाज बिभाजित हुुन नहुुने भन्दै बिकास र समृद्धिका लागि सवैले हातेमालो गरेर अगाडि बढ्नुु पर्नेमा जोड दिए ।

‘कतिपय अवस्थामा हाम्रो समाज अझै पनि जातजाति, धर्मसंस्कृतिको आस्थाका आधारमा विभाजित छ, यसले हाम्रो समाजलाई राम्रो होइन्, नराम्रो बाटोतिर डोर्याउँछ’, उनले भने, ‘हामीले सबैको आस्थालाई सम्मान गर्दै समाज र मुलुक रुपान्तरणमा लाग्नुपर्छ । तब मात्रै विकसित र समृद्ध समाज निर्माण गर्न सकिन्छ ।’