कपिलवस्तुको चेत्रादेइकोटमा उत्खनन्


कपिलवस्तु– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्पदा विज्ञको समूहले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१०, स्थित चेत्रादेइकोटमा उत्खनन् र अन्वेषण थालेको छ । पुरातत्विक स्थल भएकाले इतिहासका प्रमाण जुटाउन उत्खनन् थालिएको हो ।
उत्खननमा बेलायतको दुह्र्राम विश्वविद्यालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोषका विज्ञको समूह संलग्न छ । उनीहरुका अनुसार अत्याधुनिक उपकरण प्रयोग गरेर उत्खनन् थालिएको हो । उक्त क्षेत्र अहिले पुरातत्व विभाग मातहत छ । त्यहाँस्थित पाँच बिघा क्षेत्रफलमा तीन ठाउँमा ट्रेन्च खनेर अध्ययन भइरहेको छ ।
लुम्बिनी बिकास कोषका अनुसार सन् २०२० मा भू–भौतिक सर्भे गर्दा त्यहाँ पर्खाल लगायतका भग्नावषेश फेला परेका थिए । यसपटक ढिस्को रहेको ठाउँमा विज्ञले खाडल बनाएर अनुसन्धान गरिरहेका छन् । कोषका प्रमुख पुरातत्व अधिकृत हिमाल उप्रेतीले त्यहाँ उत्खनन् गर्दा सातौं शताब्दीको विश्वास गरिएको गुप्ता कालको पर्खाल भेटिएको बताए ।
त्यहाँ कोइला, माटो, ईंटा र धातु लगायतका बस्तुको नमूना संकलन गरिएको छ । यसपटक गरिने अनुसन्धानले चेत्रादेइको विकासक्रमको तिथिमिति निर्धारण गर्नेछ । त्यहाँ कस्ता पुरातात्विक ? महत्वको संरचना रहेका थिए पत्ता लाग्ने बिज्ञले जानकारी दिए ।
सन् १८९९ मा भारतीय पुरातत्वविद् पीसी मुखर्जीले थोरै भाग उत्खनन् गरेर त्यहाँ मन्दिर क्षेत्र रहेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेका थिए । त्यहाँ दुई वटा मन्दिरका भग्नावषेश र ती वटा इनारको भग्नावषेश तथा उक्त ठाउँ पर्खालले घेरिएको भनेर उल्लेख गरेको वरिष्ठ पुरातत्वविद् बसन्त बिडारीले बताए ।
प्रतिकृया दिनुहोस्