March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

गोलरक्षक एन्जिलाको कथामा चलचित्र ‘अन्जिला’ बन्ने

महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ निर्माण हुने भएको छ । मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्रमा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ । 

Advertisement

चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठलगायतको पनि अभिनय रहनेछ ।

Advertisement

एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई चलचित्रमा समेटिने निर्देशक चाम्सले जानकारी दिए । यद्यपि, चलचित्रलाई बायोपिक भने भन्न नमिल्ने बताए । ७५ प्रतिशत चाहिँ एन्जिलाकै जीवनी देखाइने उनले बताए । 

एन्जिला पहिलो पटक अभिनयको पनि अनुभव बटुल्दैछिन् । उनी अहिले मण्डल थिएटरमा अभिनय सिकिरहेकी छन् ।