December 10, 2024, Tuesday
२०८१ मंसिर २५

पुटिनप्रति बाइडेनको टिप्पणी– युद्ध अपराधीः यस्तो टिप्पणी अक्षम्य र माफीयोग्य हुनेछैन –रुस

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेका छन्।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बुधबार पत्रकारको प्रश्नको जवाफ दिने क्रममा बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका हुन्। बाइडेनको टिप्पणीले कूटनीतिक तनाव बढाएको छ।

Advertisement

युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पुटिनको निन्दा गर्ने क्रममा बाइडेनले पहिलोपटक युद्ध अपराधी भनेका हुन्। ह्वाइट हाउसले पछि त्यसबारे स्पष्ट पार्दै बाइडेनले आफ्नो हृदयबाट बोलेको उल्लेख गरेको छ।

बाइडेनको टिप्पणीलाई लिएर रुसले कडा प्रतिक्रिया दिएको छ। बाइडेनको टिप्पणी अक्षम्य रहेको बताएको छ।

रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले भनेका छन्, ‘देशको प्रमुखका लागि गरिएको यस्तो टिप्पणी अक्षम्य र माफीयोग्य हुने छैन, त्यसमाथि जसको बलमा सयौँ हजार मानिसको ज्यान लिएको छ विश्वभरमा उसबाट यस्तो टिप्पणी आउनु स्वीकार्य हुँदैन।’