April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

काङ्ग्रेस सिद्धार्थनगरद्वारा सरसफाई

भैरहवा- नेपाली काङ्ग्रेस सिद्धार्थनगर समितिले सरसफाई गरेको छ । काङ्ग्रेस १४ औं महाधिबेशन अन्तर्गत प्रदेश र क्षेत्रीय अधिबेशनको क्रममा जिल्ला पार्टी कार्यालय भैरहवामा भएको फोहोरमैलाको बुधबार बिहान नगर समितिको अगुवाइमा सरसफाई गरिएको नगर सभापती कोशिश खड्काले जानकारी दिए ।

पार्टीको अधिबेशनको क्रममा पर्चा, पम्प्लेट, पानीका बोतल लगायत खाद्यसामाग्रीका प्याकेजहरु सफसफाइ गरिएको हो । आफूले गरेको फोहोरले अरुलाइ समस्या नहोस् र फोहोहोर गरिसकेपछि आफैले सरसफाइ गर्नुपर्छ भन्ने मान्यताका साथ नगर समितिले सरसफाई गरेको हो ।

Advertisement