April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

मारवाडी युवा मंचद्वारा रक्तदान

भैरहवा– मारवाडी युवा मंच, भैरहवाले खुल्ला रक्तदान गरेको छ । ‘रक्तदानका लागि सधैं अगाडि बढौं, रक्तदान, जीवन दान’ भन्ने नारासहित रक्तदान गरिएको हो ।

Advertisement

शनिबार भैरहवास्थित मारवाडी सेवा समितिको भवन परिसरमा आयोजना गरिएको रत्तदानमा ३४ प्वाइन्ट रगत संकलन भएको अध्यक्ष विनित बेरिवालले जानकारी दिए ।

Advertisement

रगत अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने हेतुले रक्तदान गरिएको उनले बताए । दसैं–तिहारका बेला रक्तदान कार्यक्रम न्यून हुँदा अस्पतालहरुमा रगत अभाव हुँदै गएको छ । यसलाई मध्यनजर गरी कार्यक्रम आयोजना गरीको मंचले जनाएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशील मंचले प्रत्येक वर्ष विभिन्न अवसर पारेर रक्तदान गर्दै आएको छ । यस्तै, गरिब तथा निमूखालाई सहयोग प्रदान, खाद्यान्न तथा लत्ताकपडा वितरण, आर्थिक सहयोग जस्ता कार्य मंचले गर्दै आइरहेको छ । रक्तदान कार्यक्रममा मंचका पदाधिकारी, सदस्य तथा सेवा समितिका सदस्यहरुले रक्तदान गरेका थिए ।