December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

पेस्तोलसहित रुपन्देहीबाट एकजना पक्राउ

भैरहवा- रुपन्देही प्रहरीले जिल्लाको तिलोत्तमाबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

Advertisement

तिलोत्तमा-१४, बिन्दुनगरबाट एक थान पेस्तोलसहित स्थानीय सन्दिप थापालाई पक्राउ गरिएको रुपन्देही प्रहरी सहायक प्रवक्ता प्रहरी रिरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले फलामको ब्यारेल र काठको ग्रिप भएको एकथान पेस्तोलसहित थापालाई पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई रुपन्देही जिल्ला अदालतबाट हातहतियार तथा खर-खजाना मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।