April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

लागुऔषधसहित रुपन्देहीमा ४ जना पक्राउ

भैरहवा– लागुऔषधसहित रुपन्देही प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–४, शिवपुरका २९ वर्षीय शंकर नेपाली, तिलोत्तमा–३ का ३३ वर्षीय केशव गिरी, बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षीय दीपक नेपाली र चितवन साविक दारेचोक गाविस–४ स्थायी घर भइ हाल बुटवल उपमहानगरपालिका–१७ रानिगन्ज बस्ने ३२ वर्षीय रवि लामा छन् ।

बुटवल उपमहानगरपालिका–११ पवित्रानगरमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा केशव, शंकर र दिपकको साथबाट ११ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

चारैजनालाई रुपन्देही जिल्ला अदालत म्यादथप अनुमति लिई लागुऔषध (ब्राउनसुगर) मुद्दामा थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–१७ स्थित रानीगन्जमा शंकास्पद रुपमा बसिरहेका रविको शरीर खानतलासी गर्दा उनको साथबाट ५ सय मिलिग्राम ब्राउन सुगर र दुई थान मोबाइल बरामद गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement