सार्कीले जन्माइन् चम्ल्याहा छोरी
भैरहवा– रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा एक महिलाले चम्ल्याह सन्तान जन्माएकी छन् । पाल्पाको माथागढी गाउँपालिका–१ कि २४ वर्षीया सीता सार्कीले मंगलबार दिउँसो चम्ल्याहा छोरीलाई जन्म दिइकी हुन् ।
कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार दिउँसो शल्यक्रिया गरिएको थियो । ‘महिला तथा प्रसूती विशेषज्ञ डा. तारा केसीको टीमले उहाँको सफल शल्यक्रिया गर्नुभएको थियो’, अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले भने, ‘अहिले बच्चा र आमाको अवस्था सामान्य छ ।’
अस्पतालकाअनुसार सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी जन्माएकी हुन् । सामान्यतः दुई–दुई किलो पाँच सय ग्राम तौलसम्मको बच्चा जन्मिएमा सामान्य मानिन्छ । तर, सार्कीले जन्माएका चार छोरीको तौल आधा कम छ ।
‘बच्चा स्वस्थ हुँदाहुँदै पनि तौल कम भएकाले बाहिर इन्फेक्सन नहोस् भनेर एनआईसीयूमा राखेका छौं’, जनसम्पर्क अधिकृत गुरुङले भने ।
प्रतिकृया दिनुहोस्