December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

कांग्रेस महासचिव प्रियंका गान्धी प्रहरी नियन्त्रणमा

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई उत्तर प्रदेश प्रहरीले नियन्त्रणमा लिएको छ। आगरा जाँदै गरेकी  प्रियंकालाई प्रहरीले हिरासतमा लिएको हो।

Advertisement

उनी प्रहरी हिरासतमा मारिएकी एक सरसफाईकर्मीका परिवारसँग भेट गर्न आगरा जाँदै थिइन्। तर उत्तर प्रदेश सरकारले उनलाई रोकेको हो।

प्रहरीले भने प्रियंकालाई आगरा जान अनुमति नभएका कारण रोकिएको दावी गरेको छ।

सरसफाईकर्मीको मृत्यु प्रकरणलाई लिएर युपीको योगी आदित्यनाथ सरकारप्रति प्रियंकाले आक्रोश पोखेकी छन्। उनले पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गरेकी छन्।