November 8, 2024, Friday
२०८१ कार्तिक २३

लुम्बिनीमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम खारेज गरी शैक्षिक सुधार कार्यक्रम ल्याइयो

बुटवल– तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले संचालन रेको मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम खारेज भएको छ। लुम्बिनी प्रदेश सरकारले आज प्रदेशसभामा प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट घोषणामा कार्यक्रम खारेज भएको जनाएको हो ।

आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उक्त कार्यक्रमलाई ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रममा’ रुपान्तरण गरी कार्यान्वयन गरिने बताए।

पोखरेल नेतृत्वको सरकारले सुरु गरेको ग्रामीण विकास कार्यक्रम प्रभावकारी नभएकाले खारेज गरिएको मन्त्री खड्काले बताए ।