October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

ठगीमा संलग्न दुई पक्राउ

बर्दिया — नगद ठगी गरेर फरार दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । जिल्लाका विभिन्न किसानलाई ठगेको प्रहरी भनाई छ ।

प्रहरीका अनुसार ठगीको आरोपमा फरार कैलाली टिकापुर नगरपालिका—४, अस्नेरीका ललित खड्का र बाँके कोहलपुर—३, मदन चोकका महेश रोकायलाई पक्राउ गरिएको हो ।

प्रहरी उपरीक्षक ईश्वर कार्कीले ३७ लाख ४७ हजार ५ सय ८५ रुपैयाँ उनीहरुले ठगी गरेको बताए । उनका अनुसार गुलरियाबाट पक्राउ परेका खड्का र रोकायले धान र गहुँ कारोबार गर्ने भन्दै किसानबाट रकम उठाएका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।