January 13, 2025, Monday
२०८१ माघ १

ताइवानको हवाइ क्षेत्रमा चीनका ५६ लडाकु विमान

उक्साहटमा ल्याउने खालका गतिविधि नगर्न ताइवानले चीनलाई सुझाव दिएको छ । सोमबार चीनका ५६ वटा लडाकु विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेपछि ताइवानले चेतावनी दिएको हो ।

चीनको हवाई सेनाले अहिलेसम्म ताइवानको हवाई क्षेत्रमा यति ठूलो संख्यामा लडाकु विमान उडाएको पहिलो घटना हो ।

Advertisement

पछिल्लो समय बढेको तनावका लागि चीन प्रमुख दोषी रहेको ताइवानले बताएको छ । तर चीनले ताइवानसँग तनावको अवस्था आउनुमा अमेरिका दोषी रहेको आरोप लगाउँदै आएको छ ।

केही दिनअघि चीनका झण्डै ४० वटा सैनिक जहाज ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका थिए।

चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ। तर ताइवान भने आफू स्वतन्त्र सर्वाभौम देश रहेको बताउँछ।

ताइवानले विगत एक वर्षभन्दा बढी समयदेखि चीनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाउँदै आएको छ।

तर चीनले भने आफ्नो सुरक्षा र ताइवान तथा अमेरिकाबीचको सहकार्यलाई निशाना बनाउन यस्ता कार्य गर्ने गरेको बताउने गरेको छ।