५० किलो सुकुटीसहित दाङबाट दुई पक्राउ
दाङ– जंगली जनावरको ५० किलो सुकुटीसहित दाङ देउखुरीबाट दुई जना पक्राउ परेका छन् ।
राजपुरको कालिपुरुवाबाट सतबरियातर्फ आउँदै गरेको रा ३ प ३०६० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुई वटा चामलको बोराभित्र लुकाएर ल्याइएको करिब ५० किलो सुकुटी बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी २८ वर्षीय बलबहादुर कुमाल र मीनबहादुर वली छन् । प्रहरीले कुन जनावरको मासु भनेर यकिन गर्न अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।
पक्राउ परेकालाई कानूनी प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय देउखुरीलाई बुझाउने प्रवक्ता रिजालले जनाए ।
प्रतिकृया दिनुहोस्