March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

भारतीय मजदुरबीचको विवादमा खुकुरी प्रहार हुँदा शुद्धोधनमा एकको मृत्यु

भैरहवा– खुकुरी प्रहारबाट रुपन्देहीको शुद्धोधन गाउँपालिकामा एक जना मजदुरको मृत्यु भएको छ। एक जना घाइते भएका छन् ।

Advertisement

खुकुरी प्रहारबाट शुद्धोधन–३, वेतानी स्थित एक सःमिलमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ताका अवधेश चमारको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

Advertisement

उनकाअनुसार उक्त सःमिलमा कार्यरत भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी चमार घाइत भएका थिए । गम्भीर घाइते भएका उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपी थापाले बताए ।

सिंहले खुकुरी प्रहारबाट घाइते भएका अवधेशका पिता गोपिचन्दको भने प्रादेशिक अस्लापतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ‘मजदुरहरुबीच एकआपसमा विवाद हुँदा मापासे गरेका सिंहले एक्कासी खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, डीएसपी थापाले भने ।

खुकुरी प्रहार गर्ने सिंह प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको थापाले बताए ।