गुल्मीमा किरण पुस्तकालयको भवन अत्याधुनिक र प्रविधिमैत्री बनाइयो
गुल्मी- यहाँ अत्याधुनिक पुस्तकालय भवन निर्माण गरिएको छ । गुल्मी सदरमुकाम तम्घासमा किरण पुस्तकालयको पुरानो भवनलाई नयाँ र प्रविधिमैत्रीसहित सुविधासम्पन्न बनाइएको हो ।
पुनर्निर्माण प्राधिकरणको ३ करोड ४२ लाख रुपैयाँको लागतमा ४ तले आधुनिक पुस्तकालय भवन बनाएको हो । भवन सुनिल समिर बाँसुरी जेभीले निर्माणको काम गरेको थियो ।
जीर्ण अवस्थामा सञ्चालन हुँदै आएको पुस्तकालयलाई आधुनिक कम्प्युटर राखेर प्रविधिमैत्री बनाइएको पुस्तकालयका सचिव चनक कुँवरले बताए । समयानुकूल पुस्तकालयलाई अन्य प्रविधिसँग पनि जोड्ने उनले जनाए ।
तम्घासमा २०२५ सालमा स्थानीयका घरबाट श्रुति, स्मृति, पुराण, कर्मकाण्डका केही पुस्तक संकलन गरी उक्त पुस्तकालय शुभारम्भ गरिएको थियो । पुस्तकालयमा हाल नेपाली, संस्कृत, अंग्रेजी, हिन्दीलगायतका भाषाका करिब १० हजार पुस्तक संग्रहित भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्