April 18, 2025, Friday
२०८२ बैशाख ५

अपांगतालाई सिद्धार्थनगरमा परिचय पत्र

भैरहवा– अपागंता भएका व्यक्तिहरुलाई सिद्धार्थनगर नगरपालिकाले परिचय पत्र वितरण गरेको छ । क वर्गका रातो कार्ड पाउने ३, ख वर्गका निलो कार्ड पाउने १५, ग वर्गका पहेंलो कार्ड पाउने ४ जना गरी जम्मा २२ छन् ।

उनीहरुलाई शुक्रबार परिचय पत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका उपप्रमुख तथा अपांगता परिचय पत्र वितरण समिति संयोजक उमा काफ्लेको अध्यक्षतामा बसेको बैठकले परिचय पत्र वितरण गरेको हो ।

बैठकमा समिति सदस्य शुभम शर्मा, अमृता गुरुङ, तुलसीराम ओली, सदस्य सचिव कौशिल्या चौधरी, वरिष्ठ अधिकृत विवेक खनाल लगायतको उपस्थिति थियो । नगरपालिकाको अपांगता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ अनुसार १० प्रकारको अपांगता परिचयपत्रमध्ये ४ प्रकारका कार्ड वितरण गरेको हो । जसमा पूर्ण अशक्त अपांगता, अति अशक्त अपांगता, मध्यम अपांगता र सामान्य अपांगता गरी चार किसिमका छन् ।