October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

नमस्ते एकेडेमीको द ब्रिटिस कलेजले थाल्यो व्यवस्थापन

ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रुपन्देहीको व्यवस्थापन थालेको छ।

प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यताप्राप्त नेपालको एक मात्र शैक्षिक संस्था ब्रिटिस कलेजले आधिकारिक रूपमा नमस्तेको व्यवस्थापन थालेको हो।

टीबीसीको व्यवस्थापनामा आएसँगै नमस्ते एकेडेमीलाई पश्चिम नेपालको अग्रणी शैक्षिक संस्थामध्ये एक बनाउन केही प्रमुख परिवर्तन थालनी भएका छन्।

विश्वस्तरीय शिक्षा प्रदान गर्न नमस्तेमा व्यवस्थापनसँगै अत्याधुनिक पूर्वाधारमा पनि परिवर्तन थालिएको हो।