June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

दिल्लीको अदालतमा गोली चल्दा तीनको मृत्यु

दिल्लीको रोहिणी कोर्ट अगाडि गोली चल्दा तीन जनाको मृत्यु भएको छ।

Advertisement

भारतीय सञ्चारमाध्यमका अनुसार गोली लागेर मोस्ट वान्टेड ग्याङस्टार जितेन्द्र गोगीसहित तीन जनाको मृत्यु भएको हो।

गोगीलाई सुनुवाइका लागि अदालत लैजाँदै गर्दा वकिलको पोशाकमा पुगेका दुई जनाले गोली चलाएका थिए।

दिल्ली पुलिसका कमिश्नर राकेश अस्थानाका अनुसार गोगीलाई अदालतमा सुनुवाइका लागि लैजाँदै गर्दा उनीमाथि गोली चलेको थियो। प्रहरीको जवाफी कारबाहीमा गोगीमाथि आक्रमण गर्ने दुबै जनाको मृत्यु भएको छ।

गोगीलाई तीन गोली लागेको थियो। गोगीमाथि आक्रमण भएपछि पुलिसले गोली चलाएको थियो। गोगोमाथि आक्रमण गर्ने दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गोगीको अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको थियो।