बुटवलका प्रमुख सुवेदीलाई मुक्का हान्ने युवक एमालेकै कार्यकर्ता


बुटवल– बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता भएको पाइएको छ ।
सोमबार बुटवलको ज्योतिनगरमा पहिरो निरीक्षणका क्रममा सुवेदीमाथि मुक्का प्रहार भएको थियो । नेपाल प्रहरी र नगर प्रहरीले सुवेदीलाई सुरक्षित ठाउँमा लगेका थिए । सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी रहेको प्रहरीले जनाएको छ ।
नेकपा एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका सुवेदीलाई मुक्का हान्ने एमालेकै भातृ संगठन अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले जनाएका छन् । पंगेनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी समेत हुन् ।
पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको प्रहरी समक्ष बताएका छन् । पंगेनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन् ।
प्रतिकृया दिनुहोस्