March 18, 2025, Tuesday
२०८१ चैत्र ५

राममणिमा पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण

मणिग्राम– रूपन्देहीको मणिग्रामस्थित क्यूएए प्राप्त संस्था राममणि बहुुमुखी क्याम्पसमा स्नातकोत्तर तह अन्तर्गत एमबीएसका विद्यार्थीका लागि पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

एमबीएस कार्यक्रम संयोजक राजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले उत्कृष्ट एवम् गुणस्तरीय शिक्षाका लागि संस्थाले काम गर्दै आएको बताए । मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा एमवीएस कार्यक्रम प्रमुख थापामगर, व्यवस्थापन संकाय प्रमुख खुमकान्त पाण्डे, डा.अशोक भण्डारी लगायतले अभिमुखीकरण प्रशिक्षण दिएका थिए ।

अभिमुखीकरण कार्यक्रममा एमवीएस पहिलो सेमेष्टरका ७६ जना विद्यार्थीको सहभागिता रहेको प्राध्यापक विष्णुप्रसाद भुसालले बताए । कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, नरेश भण्डारी लगायतले बोलेका थिए भने विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।