September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

बाघको आक्रमणबाट बाँकेमा एकजनाको मृत्यु

बाँके– बाघले आक्रमण गर्दा बाँकेमा एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–१, पूर्वी गाभरमा रहेको एक होटलमा काम गर्ने मजदुरलाई बाघले आक्रमण गरेको हो ।

स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको निकुञ्जका वार्डेन श्यामकुमार साहले बताए । बाँके राष्ट्रिय निकुञ्जमा रहेको पाटेबाघले उनलाई आक्रमण गरेको जनाइएको छ ।

मृतकको सोमबार बिहान साढे सात बजे निकुञ्जभित्र एउटा खुट्टामात्रै भेटिएको वार्डेन साहले जानकारी दिए । केही दिनदेखि होटलमा काम गरिरहेका भारतीय मूलका ती व्यक्ति आइतबार साँझदेखि हराएका थिए । मृतकको सनाखत हुन सकेको छैन । होटल सञ्चालकहरुले ‘भैया’ भनेर बोलाउने गरेको बताएका छन् ।