September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

सामूहिक बलात्कार आरोपमा तीन पक्राउ

दाङ– एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा यहाँ तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको बंगलाचुली गाउँपालिका–७ बिर्खेमा तीजको दरखाने दिन राति बिर्खेमा नाच हेरेर बिहान ३–४ बजेको समयमा घर जाँदै गरेकी १८ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पीडित युवतीको जाहेरीको आधारमा बंगलाचुली गाउँपालिका वडानम्बर–७ बिर्खेका तीन युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बंगलाचुली–७ विर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मस्र्याङ्गी र २० वर्षीय याम बहादुर मास्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जनकारी दिए ।

पक्राउ परेका युवाहरूलाई थुनामा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।