April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

एक करोड लागतमा मस्जिद र मदरसा निर्माण

भैरहवा– यहाँ मस्जिदको पुनर्निर्माण भएको छ । २०६२ सालमा निर्माण भएको मस्जिद हाल निर्माणधिन गौतमबुद्ध विमानस्थलको अधिग्रहणमा परेपछि मदरसासहितको मस्जिद निर्माण गरिएको हो ।
सिद्धार्थनगर–११ स्थित शंकरपुरमा २ कठ्ठा ६ धुर क्षेत्रफलमा करिब एक करोडको लागतमा मदरसा र मस्जिद निर्माण भएको मदरसा अरविया अहले सुन्नत नुरुल ओलुमका अध्यक्ष मोहम्मद मुस्तफाले बताए । यहाँ बाल विकासदेखि कक्षा ५ सम्म पढाई हुने छ । एकै साथ २ सय जनासम्म सामूहिक प्रर्थाना गर्न सक्नेछन् ।

विमानस्थलको मुअब्जावापत आएको ७० लाख, सिद्धार्थनगर वडा समिति मार्फत आएको ५ लाख र स्थानीय मुस्लिम समुदायको आर्थिक सहायतामा मस्जिद तथा मदरसा निर्माण भएको मदरसा व्यवस्थापन समितिले बताएको छ । यहाँ नियमित दैनिक ५ पटक नमाज हुनेछ ।

मस्जिदको निर्माण पश्चात अब शंकरपुरका साथै वरपर धर्मपुर, कचरिहवा आसपासका मुस्लिम समुदायले साम्हिक प्रार्थना गर्न पाउने छन् । कक्षा ५ सम्म मुस्लिम दिनीयात तालिमसहितको नेपाली पाठ्यक्रममा आधारित शिक्षा मदरसाबाट प्राप्त हुने समितिले जानकारी दिएको छ ।

Advertisement