April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

पहिरोले रोल्पामा बालकको मृत्यु

रोल्पा – पहिरोले घर बगाउँदा रोल्पामा एक बालकको मृत्यु भएको छ । एक वृद्धा बेपत्ता भएकी छन् । गएराति पहिरो गएको थियो । रोल्पा नगरपालिका –१० का पूर्णबहादुर थापाको घर पहिरोले बगाउँदा उनका ५ वर्षीय नातिको मृत्यु भएको हो भने उनकी ७० बर्षीया हजुरआमा बेपत्ता भएकी हुन् ।

रोल्पाका प्रहरी निरीक्षक कृष्ण रानाले घटनास्थलमा हिँडेर जान पर्ने भएकाले त्यसतर्फ आफूहरु लागिसकेको बताए । मृतक र बेपत्ताको नाम अझै नखुलेको उनले बताए ।

Advertisement