विद्यालय व्यवस्थापन समिति गठन माग


भैरहवा – भैरहवा नमुना माविमा विद्यालय व्यवस्थापन समिति गठन गर्न अभिभावक तथा विद्यार्थीहरुले माग गरेको छन् । धेरै समयदेखि विद्यालय व्यवस्थापन समितिको पदावधि समाप्त भएर पदाधिकारीविहिन अवस्थामा रहेकाले समिति नहुँदा पठनपाठन, विकास निर्माण र विद्यालय सुधारका गतिविधिमा असर परिरहेको उनीहरुको गुनासो छ ।
आइतबार सिद्धार्थनगर नगरपालिका शिक्षा शाखामा ज्ञापनपत्र बुझाउँदै अभिभावक तथा विद्यार्थीहरुले यथाशिघ्र विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित यो विद्यालय लामो समयदेखि व्यवस्थापन समिति बिहीनछ ।
सिद्धार्थनगर नगरपालिका र जिल्लाका अधिकांश विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भइसकेको परिस्थितिमा विद्यालयमा समिति गठन हुन सकेको छैन । व्यवस्थापन समितिका पूर्वअध्यक्ष आनन्द प्रसाद गुप्ताले विद्यार्थी तथा शिक्षकहरुको उक्त माग गर्दै शिक्षा अधिकृत जाह्नवी पाण्डेलाई ज्ञापनपत्र बुझाएको बताए ।
विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डेले कोभिड–१९ को कारण विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा केही ढिलाइ भएको बताए । उनले केही दिनभित्रै अभिभावक भेला बोलाएर समिति गठन प्रक्रिया अगाडी बढाउने जानकारी दिए ।
प्रतिकृया दिनुहोस्