बुटवलमा आगलागी हुँदा करोडको क्षति
बुटवल – रुपन्देहीको बुटवलस्थित राजमार्ग चौराहामा रहेको एक पसलमा आगलागी भएको छ। प्रहरी तालिम केन्द्र नजिकै रहेको क्याप हाउसमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
शनिबार साँझ साढे ९ बजेतिर क्याप हाउसबाट शुरु भएको आगलागीले अन्य ४ वटा पसलमा पनि क्षती पुगेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाका २, तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना तथा गैडहवाले सञ्चालन गरेको १ गरी ५ दमकलको मद्दतबाट आगो नियन्त्रामा आएको थियो । क्याप हाउससहित सैलुन, वर्कसप, जुत्ता पसल र एउटा ट्राभल एजेन्सीको कार्यालयमा क्षती पुगेको छ ।
क्याप हाउस, सैलुन र वर्कसपमा पूर्ण रुपमा क्षति पुगेको छ भने अन्य २ मा भने आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
सर्ट सर्टिकटको कारणले आगलानी भएको प्रारम्भिक अनुसन्धानबाट खुलको प्रहरीले जनाएको छ । क्षतिको भने विवरण आइनसके पनि करोडभन्दा बढीको क्षति अनुमान गरिएको छ । आगो राती नै नियन्त्रणमा आएको थियो।
प्रतिकृया दिनुहोस्