October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

पहिरोले घर पुरिँदा अर्घाखाँचीमा बालिकाको मृत्यु, तीन जना घाइते

अर्घाखाँची – पहिरोले घर पुरिँदा अर्घाखाँचीमा एक बालिकाको मृत्यु भएको छ । अरू तीन जना घाइते भएका छन् । जिल्लाको पाणिनी गाउँपालिका–७, अडगुरीमा पहिरोमा पुरिएर जीवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनारको मृत्यु भएको हो ।

घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी काकार्यालय, अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले जानकारी दिए ।

मंगलबार बेलुकी आएको पहिरोमा परेर अन्य तीन जना घाइते भएका छन्। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अहिले उनीहरुको अवस्था सामान्य रहेको थापाले बताए ।