July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

दाङमा हसियाँ प्रहार गरेर श्रीमतीले गरिन श्रीमानको हत्या

दाङ– तुलसीपुरमा एक महिलाले आइतबार घरायसी विवाद हुँदा आफ्नै श्रीमान्को हत्या गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले ७८ वर्षीय श्रीमान् खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरी हत्या गरेकी हुन् ।

श्रीमानको हत्या गर्ने देवीकुमारीलाई प्रशरीले पक्राउ गरेको छ । घरायसी विवाद हुँदा श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको देवीकुमारीले प्रहरी समक्ष बयान दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यालले जानकारी दिए।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Advertisement