October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

घर भत्किएर पाल्पामा बालिकाको मृत्यु

पाल्पा – घर भत्किएर च्यापिँदा पाल्पामा एक बालिकाको मृत्यु भएको छ । पाल्पाको तानसेन नगरपालिका-५, कैलाशनगरमा घरले च्यापेर १० वर्षीय नैना दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार राति करिब साढे २ बजे आफ्नै कच्ची घरमा सुतिरहेको बेला घर भत्किँदा च्यापिएर दर्जी घाइते भएकी थिइन् । घाइते दर्जीलाई उपचारका लागि युनाईटेड मिसन अस्पताल पुर्याइएको थियो । दर्जीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।