पौडी खेल्दा हराएका यादवको शव सशस्त्रले भेट्टायो

- पब्लिक कुरा
- १२ भाद्र २०७८
- 9.4K Shares

भैरहवा– पौडी खेल्ने क्रममा हराएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११, भुजौलीका बुद्धिराम यादवको शव सशस्त्र प्रहरीले फेला पारेको छ । ३५ वर्षीय यादव शनिबार दिउँसो भुजौलीस्थित खोलामा पौडी खेल्ने क्रममा हराएका थिए ।
पौडी खेल्दा खोलामा यादव हराएको खबर पाउनसाथ उनको खोजीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर, रुपन्देहीका सशस्त्र प्रहरी निरीक्षक ताम्रजंग बस्नेतको कमाण्डमा १० जनाको टोली खटिएको थियो ।
सशस्त्रको टोलीले हराइरहेका यादवको खोजी गर्ने क्रममा करिब सवा घण्टापछि शव फेला पारेको एसपी राजेश उप्रेतीले जानकारी दिए । सशस्त्रले उक्त शव पोष्टमार्टमका लागि नेपाल प्रहरीलाई बुझाएको छ ।


- मुख्यमन्त्रीलाई राउटे प्रतिनिधिले भने- हाम्रो जनतालाई दशैँ खर्च दिनुस्
- गोलिगढ क्षेत्रमा छाडा कुकुरको आतंक
- किन दुख्छ ढाड ? कारण, लक्षण र उपचार
- लुम्बिनी होटल संघको अध्यक्षमा पुनः ज्ञवाली
- कांग्रेस–माओवादी ‘इगो’ले लुम्बिनी सरकार बिस्तारमा ढिलाई
- हृदयघातको प्राथमिक उपचार के हो, यसबारे सरकार कति गम्भीर छ ?
- प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट
- नेपालले एसियाली सहकार्य संवादलाई प्राथमिकता राखेको छ: मन्त्री साउद
- युरोपमा ९८ प्रतिशतले वार्षिक चार लाखको ज्यान लिने हावामा सास फेर्छन्
- बर्लिनमाथि म्याड्रिडको जित, डच क्लबमाथि आर्सनलको ४ गोल
-
साँवरियाको स्वादमा भैरहवाबासी
२८ भाद्र २०८० -
स्व.विन्दुकुमार चौहान स्मृति पत्रकारिता पुरस्कार यादवलाई
२९ भाद्र २०८०
प्रतिकृया दिनुहोस्