October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

विरोध गर्नेमाथि तालिबानले गोली चलायो, कैयौँको मृत्यु

 अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिबानले असदबादमा गोली चलाएको छ । बिहीबार स्वतन्त्रता दिवसको अवसरमा कुनार प्रान्तको राजधानी असदबादमा तालिबानको विरोधमा राष्ट्रिय झण्डा फहराइरहेकामाथि तालिबानी लडाकुहरूले गोली चलाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । 

Advertisement

“सयौँ मान्छेहरू सडकमा आएका थिए । सुरुमा मलाई डर लागिरहेको थियो । तर, मेरो एक जना छिमेकी पनि त्यसमा सहभागी भएको देखेपछि म पनि झण्डा बोकेर उनीहरूसँग गएँ,” प्रत्यक्षदर्शी सलिम मोहम्मदलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । 

Advertisement

सलिमका अनुसार तालिबानले चलाएको गोली लागेर कैयौँको मृत्यु भएको रोयटर्सले जनाएको छ । 

देशका विभिन्न भागमा प्रदर्शन भइरहेको पनि समाचारमा उल्लेख छ ।